५ अर्बको लगानीमा यस्तो बन्यो ठमेल भित्रको मिनी ठमेल



काठमाडौं । पर्यटकीय नगरी ठमेलमा मिनि ठमेल अर्थात् छायाँ सेन्टर बनेको छ । मंगलबार एमाले नेता योगेश भट्टराईले छायाँ सेन्टरको उदघाटन गरे ।

५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छायाँ सेन्टर सन् २०१३ देखि निर्माण सुरु भएको थियो । ठमेललाई अझ व्यवस्थित र आधुनिक बनाउने उदेश्यले १५ रोपनी जग्गामा छायाँ सेन्टरको निर्माण गरिएको हो ।

छायाँ सेन्टरभित्र बजार, होटेल, क्यासिनो, फिल्म हल, रेस्टुरेन्ट, बैंक र कर्पोरेट अफिस लगायत रहने बताइएकोछ । १५ तला अग्लो छायाँ सेन्टरमा ठमेलभित्र पाइने सबै कुरा पाइने कम्पनीका अध्यक्ष पृथ्बीबहादुर पाँडेले जानकारी दिए ।


पुष्प दुलाल