बैंकर्स संघको निर्णयपछि वाणिज्य बैंकले ब्याजदर घटाए



काठमाडौं । नेपाल बैकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।

ब्याजदर सबैभन्दा पहिला बढाएको जनता बैंकले बिहीबारनै ब्याजदर घटाएको सूचना जारी गरेको थियो ।

यस्तै शुक्रबार ब्याजदर बढाएका सबै वाणिज्य बैंकले नयाँ ब्याजदरको सूचना जारी गरेका छन् ।

बैकर्स संघको बिहीबारको बैठकले व्यक्तिगत तर्फको निक्षेपमा ९.२५ प्रतिशत,बचतमा साढे ६ प्रतिशत र संस्थागत निक्षेपकर्तालाई ८ प्रतिशत ब्याजदर दिने निर्णय गरेको थियो ।

शुक्रबार ब्याजदर बढाउने वाणिज्य बैंकले ब्याजदर सम्बन्धि नयाँ सूचना जारी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरु ब्याजदर घटाउनको लागि सहमत भएका थिए । बिहीबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकका सिइओलाई बोलाएर ब्याजदर प्रतिस्पर्धामा नलाग्न आग्रह गरेका थिए ।


क्लिकमान्डु