नेपाल हार्ट फाउन्डेसनद्धारा स्वर्गीय न्यौपानेको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना




ललितपुर । नेपाल हार्ट फाउन्डेसनले स्वर्गीय कमला न्यौपानेको स्मृतिमा ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्वर्गीय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षय कोष स्थापनामा आएको हो ।

नेपाल हार्ट फाउन्डेसनको एक लाख सहयोग र स्वर्गीय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षय कोष स्थापना भएको हो फाउन्डेसनले जानकारी दिएको छ ।

अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फाउन्डेसन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फाउन्डेसनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गीय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फÞाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इन्जिनियर डिल्लीरत्न शाक्य लगायतको उपस्थिति थियो । मुटु रोगी र अशक्तहरुको आवश्यक सहयोगका लागि उक्त अक्षय कोष स्थापना गरिएको बताईएको छ ।

सामाजिक कार्यमा संलग्न रहदै आएकी कमला न्यौपानेको मुटु रोगको उपचारका क्रममा २०७४ कात्तिक ३० गते निधन भएको थियो ।


क्लिकमान्डु