न्यून अंकले नेप्से बढ्दा कारोबार रकम भने घट्यो



काठमाडौं । साताको चौँथो दिन बुधबार नेप्से परिसूचक बढेपनि कारोबार भने घटेको छ । आज नेप्से परिसूचक ०.०८ अंकले बढेको हो । आज नेप्सेमा २६ करोड ८८ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने मंगलबार ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आजको नेप्से परिसूचक ०.०१ प्रतिशतले बढ्दा ११४१.१८ विन्दूमा पुगेको छ ।
नेप्सेले जनाए अनुसार आज १ सय ५६ कम्पनीका ८ लाख ६५ हजार ७ सय १९ कित्ता सेयर खरिद विक्री भएको छ ।

आज बैंकिङ समूह, होटल समूह, विकास बैंक समूह, निर्जीवन बीमा समूह र लघुवित्त समूह घटेका छन् । यस्तै, जलविद्युत समूह, वित्तिय समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र अन्य समूह बढेका हुन् ।

जलविद्युत समूह ३५.७७, वित्तीय समूह ३.६२, उत्पादनमूलक समूह १.५२, जीवन बीमा समूह २३.६४ र अन्य समूह ०.६५ अंकले बढेका छन् । यस्तै, बैंकिङ समूह १.३३, होटल समूह ३७.२७, विकास बैंक समूह २.५७, निर्जीवन बीमा समूह १०.६९ र लघुवित्ती समूह ८.४६ अंकले घटेका हुन् ।

आज सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सले गरेको छ ।इन्स्योरेन्सले ४ करोड ८७ लाख ५० हजार रुपैयाँको टर्नओभर गरेको हो ।

सोल्टी होटलका लगानीकर्ताले सबै भन्दा बढी ५८.४६ प्रतिशतले कमाई गरेका छन् भने सिटिजन्स बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी ४.०१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु