भारतमा कारको मूल्य बढ्दै, किन्दै हुनुहुन्छ ? छिटो किन्नुहोस् नेपालमा पनि महङ्गो हुँदै



काठमाडौं । यदी तपाईँ कार किन्दै हुनुहुन्छ भने यही डिसेम्बर महिना भित्रै किन्नु होला, किनकी भारतीय कार कम्पनीहरुले नयाँ साल २०१९ जनवरीदेखि कारको मूल्य बढाउने योजना बनाएका छन् ।

केही कम्पनीहरुले कारको मूल्य बढाउने घोषणा समेत गरिसकेका छन् । बाँकी कम्पनीहरु भने मूल्य बढाउने प्रकृयामा रहेका छन् । कारको मूल्यमा हुन लागेको वृद्धि दर १ लाख रुपैयाँ भारतीय मूल्यसम्म हुन सक्ने अनुमान गरिएको छ।

बिएमड्ब्लु र फोर्डले बढाए मूल्यः
मारुती सुजुकी कम्पनी जनाए अनुसार आफ्नो सबै मोडलका कारहरुको मूल्य बढाउने प्रस्ताब गरेको छ । हरेक मोडलको मूल्यमा छुट्टा छुट्टै वृद्धि दर हुनेछ । कम्पनीले चाँडै मूल्य सार्वजनिक गर्नेछ ।

गएको हप्ता टोयोटा किरलोस्कर मोटर्स र फोर्डले एक कारको मूल्य बढाएका थिए । टोयोटाले ४ प्रतिशत मूल्य बढाएको छ भने फोर्डले १ देखि ३ प्रतिशतसम्म मूल्य वृद्धि गरेको छ।

यस्तै महेन्द्रले भखरै आफ्नो मल्टी पर्पज व्हीकल माराजोको मूल्यमा ३० देखि ४० हजार भारु वृद्धि गरेको छ ।

यस बाहेक जर्मन लग्जरी कार मेकर कम्पनी बीएमडब्ल्यूले एक जानकारी मार्फत आफ्नो सबै कारको मूल्य ४ प्रतिशतले बढेको घोषणा गरेको छ ।

सुजुकी मोटर इन्डियाले आफ्नो कारको मूल्यमा १ लाख रुपैयाँसम्म वृद्धि गर्ने संकेत देखाएको छ ।

यसरी भारतीय कार कम्पनीहरुले कारको मूल्य वृद्धि गर्दै जाँदा नेपालपनि स्वभाविक रुपमा कारको मूल्य चुलिने भएको छ । (एजेन्सीहरुबाट)


क्लिकमान्डु