पाल्पा-बुटवल सडक दैनिक ६ घण्टा बन्द हुने, मर्मत गरिंदै



काठमाण्डौ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक आजदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।

तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा बाटो मर्मतको काम भैरहेकाले दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने रोक नलगाइएको सूचना अधिकारी आचार्यले बताए ।

सडकमा खसेका ढुङ्गा फुटाएर हटाउनु पर्ने, पहिरो पन्छाउने तथा सडक मर्मत गर्नुपर्ने भएको हुँदा सडक नै बन्द गर्नु परेको आचार्यले बताए ।


क्लिकमान्डु