बजार मूल्य १६३ रहेको युनाइटेड फाइनान्समा १९० रुपैयाँ तिरेर भारतको मुत्तूट भित्रने



काठमाडौं । २० वर्षपछि नेपालको वित्तीय क्षेत्रमा भारतीय लगानीको वित्तीय संस्था रणनीतिक साझेदार अन्तर्गत भित्रने भएको छ ।

भारतको मुत्तूट फाइनान्सले नेपालमा रहेको युनाइटेड फाइनान्समा रणनीतिक साझेदार अन्तर्गत भित्रन लागेको हो ।
युनाइटेड फाइनान्सले रणनीतिक साझेदार अन्तर्गत मुत्तूट फाइनान्सलाई प्रिमियम मूल्य प्रतिकित्ता १९० दरले सेयर जारी गरेर साझेदारको रुपमा भित्राउन लागेको हो । युनाइटेडले २१ लाख कित्ता सेयर एफपिओ निकाल्ने छ ।यसको लागि मुत्तूटले ३९ लाख ९० लाख रुपैयाँ लगानी गर्ने छ ।

जुन एफपिओ मुत्तूट फाइनान्सले खरिद गर्ने छ । फाइनान्सले रणनीतिक साझेदार भित्राउने विषयमा कात्तिक ३० गते साधारणसभा बोलाएको छ ।

मुत्तूट फाइनान्स भित्रिएपछि युनाइटेडको चुक्ता पुँजी १ अर्ब कट्ने छ । जसमा २० प्रतिशत लगानी मुत्तूटको हुने छ । फाइनान्समा चौधरी ग्रुप र मोरङ अटो वक्र्सका बिष्णु अग्रवालको लगानी छ ।

केरलामा मुख्य कार्यालय रहेको मुत्तूट फाइनान्स सुनधितो राखेर कर्जा दिनेमा विशेषता छ । यसको भारतमा ४४ सय वटा शाखा कार्यालय रहेका छन् ।

कम्पनीको सञ्चालक समितिमा भारत मुत्तूट फाइनान्सको १ जना सहित संस्थापक तर्फ ४ जना, सर्वसाधारणको २ र १ जना स्वतन्त्र सञ्चालक गरी कुल ७ जनाको सञ्चालक समिति बनाउन निमावलीको नियम ८ ९२० संशोधन गर्ने प्रस्ताव पनि पेश गरिने भएको छ ।


क्लिकमान्डु