खसीबोका र च्याङ्ग्राको बिक्री वितरण आजदेखि शुरु



काठमाण्डौ । नेपाल खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गर्न लागेको हो । संस्थानले खसी प्रतिकेजी ५०० र च्याङ्ग्रा प्रतिकेजी ७०० रुपैयाँ निर्धारण गरेको हो ।

संस्थानले प्रतिकेजीमा १० रुपैयाँ छुट दिएको हो । संस्थानले हिजो ५०० च्याङ्ग्रा र २७१ वटा खसीबोका ल्याएको जनाएको छ । चाडपर्वका बेला बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भन्दै संस्थानले सहुलियत दरमा खसीबोका बिक्री गर्दै आएको छ ।

काठमाडौंमा दसैँमा मात्रै ५०-६० हजारको हाराहारीमा खसीबोका र च्याङ्ग्रा खपत हुने व्यवसायीको अनुमान रहेको छ ।


क्लिकमान्डु