माइक्रोम्याक्सको क्यू 4002 बोल्ट 4 बजारमा



काठमाडौं । स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यू 4002 बोल्ट 4 लाइट ग्राहक माझ ल्याएको छ ।

ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्येक साता २५० एमबी एनसेल डाटा १२ सातासम्म निःशुुल्क प्राप्त गर्नेछन् ।

बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यू 4002 बोल्ट 4 मा 1.0 गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ । यसमा 5.0 एफडब्लूभीजीए एचडी स्क्रिन रहेको छ । जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ ।

यसमा शक्तिशाली २ हजार एमएएचको व्याट्री रहेको छ । यसमा 5 एमपी हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडि पट्टी 2 एमपी सेल्फी क्यामरा रहेको छ ।


क्लिकमान्डु