९.९५ अंकले बढ्यो नेप्से, २५ करोडको कारोबार
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक बढेको छ । पहिलो दिन दिन आइतबार बढेको नेप्से दोश्रो र तेश्रो दिन लगातार घटेको थियो । फेरि चौथो दिन झिनो अंकले बढेको नेप्से अन्तिम दिन आज ९.९५ अंकले बढेको छ । ०.८२ प्रतिशतले परिसूचक बढ्दा १२२८.२८ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६५ कम्पनीका ८ लाख ६२ हजार ३ सय ६८ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २५ करोड २२ लाख ९१ हजार ५ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको नेप्से परिसूचक अनुसार आज होटल र उत्पादनमूलक समूह घटेका छन् भने अरु समूहमा हरियाली छाएको छ । होटल समूह ३५.३८ र उत्पादनमूलक समूह १२.४३ अंकले घटेका हुन् ।
त्यसैगरी बजार बढेको दिन बैंकिङ समूह १२.२७, विकास बैंक समूह ११.८८, जलश्रोत समूह १.९४, वित्तीय समूह ५.७६, निर्जीवन बीमा समूह ४८.४३, अन्य समूह ५.३२, माइक्रोफाइनान्स ९.६ र जीवन बीमा समूह ७.७७ अंकले बढेका छन् ।
यसैगरी, आज युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.९५ प्रतिशतले कमाई गरेका छन् भने पञ्चकन्यामाई हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.५५ प्रतिशतले गुमाएका छन् ।