विश्व ज्योति मलमा दशैँ तिहार छुट योजना, दुबई घुम्ने अवसर



काठमाण्डौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योति मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ ।

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना संचालनमा ल्याएको हो । योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने छन् ।

असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योती मलमा एक हजार रुपैयाँ भन्दा माथिको सामानको खरिदमा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन ।

उक्त कुपनको आधारमा मलमा सपिङ गर्ने ग्राहकलाई गोलाप्रथाबाट साप्ताहिक रुपमा विभिन्न उपहार प्रदान गरिने मलले जनाएको छ ।

साथै बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटरका जित्न सक्नेछन् भने भाग्यशाली विजेताले दुबई टुरको अवसर समेत पाउनेछन् ।

साप्ताहिक उपहारमा गोदरेजको वाशिङ मेशिन, रेफ्रिजेनेटर, टिभी, माइक्रोओभन, मोबाइल फोन, विभिन्न घरायासी सामाग्रीहरुका साथै सपिङ भौचर, लञ्च कुपनसँगै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

विश्वज्योति मलमा ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामान, ग्रामेन्ट, घडी, चस्मा, रेष्टुरेन्ट, लाउञ्च, ब्यूटीपार्लर, कफि शप, टार्भल एजेन्शी, बुटिक, फिटनेश स्टुडियो लगायतका ४० भन्दा बढी स्तरीय स्टोरहरु सञ्चालनमा छन् ।


क्लिकमान्डु