शीर्ष नेताको व्यस्तताका कारण नेकपाको बैठक स्थगित



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।


क्लिकमान्डु