काठमाण्डौ ७ का सांसद मानन्धरद्वारा राजीनामा दिने घोषणा



काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य, नेकपाका नेता रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत मानन्धरले राजीनामा दिने घोषणा गरेका हुन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन आफूले राजीनामाको घोषणा गरेको उनले बताए ।

बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने उनले स्पष्ट पारे ।

आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि उनले दाबी गरेका छन् । उनले भने–जनताको अपेक्षाअनुसार विकास गर्नकै लागि नेता गौतमको आवश्यकता पार्टीले महसुस गरेको हो ।


क्लिकमान्डु