भारतमा इन्धनको मूल्यवृद्धि, पेट्रोलमा २१ पैसा, डिजलमा २९ पैसा बढ्यो



नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ८२.०३ (नेरु १३१.२५) र डिजेलको मूल्य भारु ७३.८२ (नेरु ११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ ।

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भारु २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो । रासस\एएनआई


क्लिकमान्डु