श्री इन्भेष्टमेन्टद्वारा ९ प्रतिशत नगद लाभांश दिने घोषणा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयर लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश वितरण गर्र्ने भएको छ ।

फाइनान्सले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने आठ करोड १५ हजार रुपैयाँ मध्येबाट १.२३ प्रतिशत बराबर ९८ लाख ५० हजार रुपैयाँ बोनश सेयर वितरण गर्ने जनाएको छ । यस्तै, नगद लाभांश भने ८.७७ प्रतिशत बराबर हुन आउने रकम ७ करोड १ लाख ६५ हजार रुपैयाँ वितण गर्ने जनाएको छ ।

सोही बोनश सेयर तथा नगद लाभांश संस्थाले राष्ट्र बैंकको स्विकृती पश्चात वितरण गर्ने कम्पनी सचिव खिमबहादुर कार्कीले जानकारी दिए ।


क्लिकमान्डु