जनकपुर-जयनगर रेलवे सेवाको परीक्षण सफल



जनकपुरधाम । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।

रेलमार्गको निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले जनकपुरदेखि वैदेही स्टेशनसम्म (करीब १० किलोमिटर) निर्माण कार्यको निरीक्षण गर्यो ।

निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गर्नुभएको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिए ।

रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर-कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।

रेलवे सेवाको परीक्षण सफल
जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले २९ किलोमिटर लिकको सफल यात्रापनि गरेका छन् ।

रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्जिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरे ।

जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो । रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ ।


क्लिकमान्डु