सिइओले जागिर छाड्दा लगानीकर्तालाई १ खर्ब रुपैयाँभन्दा बढी रकम फाइदा



कुनै पनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको भूमिका कस्तो हुन्छ भन्ने उदाहरण भारतको निजी क्षेत्रको ठूलो बैंक आईसीआईसीआई बैंक बनेको छ ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध संचालकको भूमिकामा रहेकी चन्दा कोचरले दिएको राजिनापछि बैंकको सेयर मूल्य ६ प्रतिशत बढ्यो । जसको कारण आईसीआईसीआई बैंकको बजार पुँजीकरण १ खर्ब १ अर्ब भारतीय रुपैयाँले बढ्यो । जसले गर्दा लगानीकर्ताले १ खर्ब भारुको फाइदा उठाउन सफल भए ।

भिडियोकोन कम्पनीलाई दिएको कर्जाको विषयमा चन्दा कोचरको भूमिकालाई लिएर प्रश्न उठेको थियो । उनले आफ्नाो पतिको कम्पनीलाई कर्जा दिदा नियमहरुको उलंघन गरेको आरोप छ ।

एउटा मिडिया रिपोर्ट अनुसार भिडियोकोन ग्रुपलाई आईसीआईसीआई बैंकले ३२ अर्ब ५० करोड भारतीय रुपैयाँ ऋण दिएकी थिइन् । यो ऋण पुरा चुक्ता भएको थियो । पछि भिडियोकोनको सहयोगमा बनेको एउटा कम्पनी चन्दा कोचरका श्रीमान दिपक कोचरको नेतृत्वमा एउटा ट्रष्टको नाममा गरिएको थियो ।

आईसीआईसीआई बैंकको संचाकल समितिको बैठकले चन्दा कोचरको राजिनामा स्वीकृत गर्दै संदिप बख्शीलाई ५ वर्षसम्मको लागि सिइओको रुपमा नियुक्त गरेको छ ।
उनी बैंकमा प्रमुख संचालन अधिकृत(सिओओ)को भूमिकामा थिए ।

भारतमा पछिल्लो समय बैंकबाट कर्जा लिएर गरिएको ठूलो घोटालाको रुपमा आईसीआईसीआई बैंकलाई लिइएको छ । जसको अनुसन्धान भइरहेको छ ।
बैंकबाट हटेपनि चन्दामाथिको अनुसन्धान भने रोकिने छैन । मनी भाष्करबाट


क्लिकमान्डु