निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिजले पायो खाद्य सुरक्षाको मापक प्रमाण पत्र



काठमाण्डौ । पशु दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोप्रोबायोटेक इण्डष्ट्रिजले आइएसो २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आइएसो २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो ।

प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाण प्रत्रपनि प्राप्त गरेको थियो ।

‘निम्बस’ दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन बिक्री वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई एक सय ओटा डिस्ट्रिब्युटर मार्फत ४० जिल्लामा पु¥याएको छ ।

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी उत्पादन पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु