बर्जर पेन्ट्स नेपालले ल्यायो बर्जर पेन्ट एक्स्प्रेस



काठमाण्डौ । बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले महान चाड बडादशैं र तिहारको अवसरमा बर्जर पेन्ट एक्स्प्रेस आरम्भ गरेको छ ।

यस योजना अन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्राण्डहरु खरिद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिस निःशुल्क पाउनुका साथै प्रतियोगिता मार्फत अन्य आकर्षक नगद पुरस्कारहरु जित्ने मौका पाइने छ ।

यो योजना बर्जरका उत्पादनहरु वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्क लक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा मात्र लागू गरिएको छ ।

यस अफरमा सहभागी हुन चाहने ग्राहक घरधनीले घरमा रङ्ग रोगन गर्नु अघि नै बर्जरको टोल फ्रि नम्बर १६६०-०१-२३४३४ (एनटीसी) अथवा ९८०१५७१००१ (एनसेल) मा कल गरी वा ३३३७७ मा ‘बर्जर’ टाइप गरेर एसएमएस पठाई आफ्नो नाम सूचीकृत गर्नु पर्नेछ ।

बर्जरको यो प्रवद्र्धन योजना अन्तर्गत यही २०७५ असोज १६ गतेदेखि २०७५ मंसिर मसान्तसम्म सूचीकृत गरिसक्नु पर्नेछ भने घरको रङ्ग रोगन कार्य पुुस मसान्तसम्म समाप्त गरिसक्नु पर्नेछ ।

घरधनीहरुले योजना सम्बन्धी अन्य थप जानकारीका लागि आफ्नो नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु