बेतन कर्णालीका लागि सञ्चय कोषले जुटायो करिब ३ अर्ब, सेयरमा लगानी नगर्नेलाई आवेदन दिन म्याद




काठमाडौ. । कर्मचारी सञ्चय कोषले बेतन कर्णाली हाइड्रोपावरका सञ्चयकर्ताबाट ०.७५ प्रतिशत रकम जुटाउन थालेको छ ।

कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट प्रत्येक सञ्चयकर्ताको सञ्चित मौज्दातको ०.७५ प्रतिशत रकम शेयरमा लगानी गर्न छुट्टै खातामा राखिएको छ ।

कोषले गरेको यो निर्णयलाई नमान्नेले भने यही असोज २१ गतेभित्र कर्मचारी सञ्चय कोषको ठमेल कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।
कोषले सञ्चयकर्ताले पाउने नाफा रकमबाट यो आयोजना बनाउन लागेको हो । कोषले सञ्चयकर्ताको लाभांश रकम सेयरमा रुपान्तरण गर्नेछ ।

सो मितिमा निवेदन नदिने सञ्चकर्ताको नाफाको रकमलाई बेतन कर्णालीको सेयरमा लगानी गरिनेछ ।

बेतन कर्णाली आयोजनाले हाइड्रोपारवरको वातावरणीय प्रभाव मूल्यांकनको काम शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले ईआईएको काम शुरु गरेको छ ।

कोषमा हालसम्म ६ लाख भन्दा बढी सञ्चकर्ता रहेका छन् ।

उनीहरुले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम बेतन कर्णालीमा सेयरको रुपमा लगानी गर्न लागिएको हो ।

कोषले सञ्चयकर्ताबाट हाल २ अर्ब ८२ करोड रुपैयाँ संकलन गरिसकेको छ । कोषले गत आर्थिक वर्षमा ३ अर्ब नाफा गरेको छ ।

अघिल्लो आवमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ इक्विटी जुटाउने छ । आयोजनाको क्षमता पछिल्लो दिनमा घटाएर ४२५ मेगावाट बनाइएको छ ।

कर्णाली चिसापानी जलविद्युत् आयोजनाको आधार क्षेत्र भएकाले क्षमता घटाइएको कोषले जनाएको छ ।


क्लिकमान्डु