पेट्रोलियम मात्रै होइन, ग्यास पनि पाइपलाइनबाटै नेपाल पठाउने भारतको प्रस्ताव




काठमाडौं । भारतले पाइपलाइनबाट नेपालसम्म एलपिजी ग्यास नेपाल भित्र्याउने योजना अघि सारेको छ ।

पेट्रोलियम पाइपलाइन बारे नेपाल भारत बाणिज्य मन्त्रीस्तरीय बैठकमा भारतका पेट्रोलियम पदार्थ तथा ग्यास मन्त्री धरमेन्द्र प्रधानले नेपालमा एलपिजी ग्यास पाइपलाइन बाट ल्याउने योजना अघि सारेको हुन् ।

‘हामीले भारतमा एलपिजी ग्यासको पाइपलाई जाथरपुरबाट मोतिहारी र गोरखपुर लैजाने योजना गरेका छाँै, त्यसैमार्फत हामी नेपालमा पनि एलपिजी त्यसरी नै पठाउने योजनामा छाैं,’ प्रधानले भने ।

उनले भारतमा प्राकृर्तिक ग्यासको पाइपलाईन गोरखपुरसम्म आइपुगेको जानकारी दिए । भारतमा नेचुरल ग्यासको फर्टिलाइजर प्लान्ट बनाउने क्रममा रहेको र गोरखपुरबाट अगाडी बढाउन दुबै देशबीच सहमती हुन बाँकी रहेको प्रधानले बताए ।

नेपालका वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपालमा एलपिजी ग्यास पाइपलाइनको सम्भवना भएको बताए ।

‘हाल प्रारम्भिक सर्भे भएको छ, यसलाई पनि बिस्तारै अगाडी बढ्उने छौं, सबै पक्षमा अध्ययन गरेर योजना अगाडी बढ्उने छाँै,’ मन्त्री यादवले भने ।

यस्तै उनले नेचुरल ग्यासको ठूलो प्लान्ट रुपन्देशीमा बनाउने सोच बनेको बताए । भारतले नेचुरल ग्यास प्लान्टको अवलोकन गर्न मन्त्री यादवलाई निमन्त्रण गरेको छन् ।

भारतमा ३ सय जिल्लामा पाइपबाट ग्यास पठाउन लागिएको र ग्यासबाट नै सवारी चलाउने गरेको मन्त्री प्रधानले बताए । उनले नेचुरल ग्यासका पाइपलाइन मार्फत भित्राए नेपालमा पनि गाडी ग्यासबाट चलाउन सकिने बताए ।

बुधबार हुने भनिएको नेपाल भारत मन्त्रीस्तरीय बैठक अन्तिम समयमा स्थगित भए पछि शुक्रबार सम्पन्न गरिएको हो ।

यस्तै गत अप्रिल महिनादेखि नेपाल र भारतको सहकार्यमा मोतिहारी अम्लेखगञ्जको ६९ किलोमिटर पाइपलाइनको काम सन्तोषजनक भएको मन्त्री प्रधानले बताए । पेट्रोलियम पाइपलाइन लगाउने काम दुबै देशमा तिब्र गतिमा भइरहेको उनको भनाइ छ ।

पाइपलाईनलाई चितवनसम्म पुर्याउन पूर्वसम्भाब्यता अध्ययन प्रतिवेदन बनेको उनले जानकारी दिए । त्यो रिपोर्ट नेपाल आयल निगमलाई हस्तान्तरण गरेको भारतीय मन्त्री प्रधानको भनाइ छ ।


क्लिकमान्डु