ह्वीलचियरमा कछुवा



काठमाडाै । सुन्दा अचम्म लाग्न सक्छ । साना खुट्टा हुने र घस्रिएर हिड्ने कछुवाले कसरी ह्वीलचीयर प्रयोग गर्न सक्छ ?
तर मेरील्याण्डमा जङगली कछुवा शरीरका विभिन्न भागहरु भाच्चिएको अवस्थामा भेटीएपछि त्यसको उपचार शुरु गरिएकाे छ ।

मेरील्याण्डको ड्रुड हिल पार्कमा हिडिरहेका बेला मेरील्याण्ड चिडियाखानामा कार्यरत एक कर्मचारीले उक्त घाइते कछुवा देखे । यसरी घस्रिएर हिडने कछुवाको तल्लो भागमा धेरै फ्याक्चरहरु भएको भेटेपछि अहिले उपचार भइरहेको छ ।

नराम्रोसँग टुटफुट भएका कारण कछुवा राम्रोसँग हिडन नसक्ने अवस्थामा रहेको र हिडदा अवस्था थप दयनिय हुँदै जाने उपचारमा खटिएका डाक्टरले बताएका छन । सामान्य तरिकाले उपचार गर्दा कछुवालाई हिडन नमिल्ने र हिडेको खण्डमा अवस्था झन नाजुक हुने देखिएपछि उपचारमा खटिएको टोलीले कटुवालाई विशेष खालको ह्वीलचियर बनाउनुपर्ने निर्णय गर्यो । उक्त ह्वीलचियर प्रयोगले कछुवा हिडदा कटुवाको घस्रने भागले भुइँमा नछुने हुदाँ छिटो निको हुन सहयोग पुग्ने बताएका छन ।


पुष्प दुलाल