पर्यटन दिवसका अवसरमा खानामा २० प्रतिशत छुट, पहिलो तीन जनालाई विशेष सम्मान




काठमाण्डौ । होटल संघ नेपालले आज विश्व पर्यटन दिवस २०१८ सेप्टेम्बर २७ का दिन नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि सम्पूर्ण सदस्य होटलहरुबाट खानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

सेप्टेम्बर २७ का दिन होटल संघ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित काउन्टरबाट उक्त दिन पहिलो देखि अन्तिम उडानबाट आउने सम्पूर्ण विदेशी पाहुनाहरुलाई २० प्रतिशत छुटको कुपन वितरण गरिनुका साथै पहिलो फ्लाइटबाट आउने पहिलो तीन जनालाई विशेष सम्मान गरिने भएको छ ।

सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको छ । पर्यटकहरुबाट धेरै अगाडिदेखि नै होटलको कोठा बुकिङ गरेर मात्र आउने भएको हुँदा यो सुविधा खानामा मात्र दिइएको हो ।

विदेशी पाहुनाहरुलाई नेपाल प्रति बढ्दो मोह जगाउनका साथै बसाइ सुखद् बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले यो छुटको व्यवस्था गरिएको हो ।


क्लिकमान्डु