दशैंको लागि २५ लाखसम्म खर्चेर यी सपिङ मलले ल्याउदै छन् यस्तो अफर




काठमाडौं । दशै, तिहार र छठ जस्ता नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिएसँग विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको आकर्षणका लागि थुप्रै अफरहरुको व्यवस्था गरेका छन् ।

उपत्यका लगायत विभिन्न मलहरुले दशैतिहारलाई लक्षित गरी दैनिक उपहारदेखि विदेश भ्रमणका बम्पर उपहारसम्मको व्यवस्था गर्ने गरेका गरेका छन् । यस्तो अफरमा मलहरुले २५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको पाइएको छ ।

इभेन्ट नेपालका म्यानेजमेन्ट डाइरेक्टर हिरामणि तिमल्सिनाका अनुसार प्रायः सपिङ सेन्टर तथा मलहरुले अफरका लागि १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको खर्च गर्ने गरेका छन् । उनीहरुले आफ्ना ग्राहकहरुलाई कसरी बढी उपहार दिने र उनीहरुलाई खुशी पार्ने कुरामा बढी खर्च गर्ने गरेको तिमल्सिनाले बताए ।

‘कुनै पनि मलले न्यूनतम १४/१५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको दशैतिहार कार्यक्रम आयोजना गर्ने गर्छन्,’ तिमल्सिनाले क्लिकमाण्डूसँग भने ।

काठमाडौंको चुचेपाटीमा रहेको केएल टावरले यो दशैतिहारमा ग्राहकको आकर्षणका लागि २५ लाख रुपैयाँ बराबरको इभेन्ट गर्ने भएको छ ।

केएल टावरले दशैका लागि रमाइलो दशै तिहार योजना अघि सारेको छ ।

केएल टावरले दैनिक दशै उपहारहरुमा १ हजार बराबरको सपिङ भौचर उपहारदेखि १० हजार रुपैयाँभन्दा माथिको उपहारहरुको व्यवस्था गरेको छ ।

केएल टावरले दैनिक उपहारमा मोबाइल, मुभी टिकेट, सपिङ भौचर लगायत १० हजार रुपैयाँभन्दा बढीको उपहार योजना ल्याएको तिमल्सिनाले बताए ।

यस्तै साप्ताहिक उपहारहरुमा टिभी, फ्रिज, वासिङमेसिन, माइक्रोओभन लगायतका विद्युतीय सामाग्री राखिएको उनले जानकारी दिए ।

यसैगरी केलएल टावरले १ बाइक, १ स्कुटी र बैंकक ट्रिप बम्पर उपहारको समेत व्यवस्था गरेको उनले बताए । साथै दशै अवधिभर केएल टावरले लाइभ म्यूजिक कन्सर्ट, फेसन सो तथा विभिन्न फेमलि इभेन्टहरुको आयोजना गर्न लागेको तिमल्सिनाले जानकारी दिए ।

यस्तै गंगबुको बिजी मलले यो दशैतिहारका लागि २० देखि ३० लाख रुपैयाँ बराबरको खर्चमा फेन्ट्यास्टिक दशै तिहार कार्यक्रलम आयोजना गर्न लागेको छ ।

बिजी मलले दैनिक उपहारमा मोबाइल, मुभि टिकेट, १ हजार बराबरको सपिङ भौचर लगायतको उपहारहरुको तयारी गरेको छ ।

मलले फ्रिज, टिभी, वासिङमेसिन, ओभन र ५ हजार रुपैयाँसम्मको सपिङ भौचर लगायतका उपहार साप्ताहिक उपहारका रुपमा राखेको तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार मलले बाइक, स्कुटी, ५० हजार बराबरको मोबाइल र बैंकक ट्रिप बम्पर उपहारको रुपमा राखेको छ ।

यस्तै मलले ग्राहकको आकर्षणका लागि लाइभ म्यूजिक कन्सर्ट, फेसन सो तथा विभिन्न गेमहरुको पनि आयोजना गरेको उनले बताए ।

जमलको विश्वज्योती मलले १४÷१५ लाख रुपैयाँको हाराहारीमा सुपर अफर सुपर डिस्काउन्ट दशै कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्वज्योती मलले हरेक सामाग्रीमा २५ प्रतिशतसम्म्को छुटको व्यस्था गरेको तिमल्सिनाले जानकारी दिए ।

यस्तै साप्ताहिक उपहारका रुपमा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर राखेको उनले बताए ।

मलले स्कुटर दुबाई ट्रिप र २० हजार रुपैयाँसम्मको सपिङ भौचर बम्पर उपहारको व्यवस्था गरेको छ ।

उनले मल भखरै सञ्चालनमा आएको केही वर्ष मात्र भएकोले विश्वज्योती मलले भने खासै खर्च नगरेको बताए ।

उपत्यकामा सिटिसि मल, राइजिङ मल, सिटि सेन्टर, सेर्पा मल, सिभिल मल, पिपल्स प्लाजा, ब्लूबर्ड मल, दर्जन बढी सपिङ मल तथा सपिङ सेन्टरहरु रहेका छन् ।

हरेक मल तथा सपिङ सेन्टरहरुले प्रत्येक दशै तथा तिहारमा ग्राहक लोभ्याउन यस्तो विभिन्न अफरका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यीमध्ये अधिकांश मलको अफर प्लानिङ इभेन्ट नेपाल म्यानेजमेन्टले गर्दै आएको छ ।


क्लिकमान्डु