६ दिनमै विक्यो ३५ वटा कम्पास जीप




काठमाडौं । यसबर्षको नाडा अटो शोको बहुप्रतिक्षित कम्पास जीपको उल्लेख्य बुकिङ भएको छ । ६ दिनसम्म चलेको नाडा अटो शोमा करिब ३५ वटा कम्पास जीपको बुकिङ भएको आयोजकले जानकारी दिएको छ ।

संसारकै पहिलो एसयुभी भनेर चिनिने जीप ब्रान्ड कम्पास अटो शोको मौका पारेर नेपालमा सार्बजनिक भएको थियो । शक्तिशाली अफरोड एसयुभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा विक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ ।

कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ । पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ भने डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ ।

पेट्रोल भेरियन्ट ४बाई२ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४बाई२ र ४बाई४ दुवैमा उपलब्ध छ । कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्ने बताइएको छ ।

जीप ब्राण्ड नेपालमा पहिलो पटक एमएडब्लुले आधिकारिक रुपमा भित्र्याएको हो । यसअघि नेपालमा फ्याट्टफुट्ट रुपमा जीप आउने गरेको भएपनि आधिकारिक डिलरसीप लिएर कसैले पनि नेपालमा जीप भित्र्याएका थिएनन् ।


क्लिकमान्डु