ब्लुबुक र लाइसेन्स नचाहिने विद्युतीय स्कुटी नाडा अटो शोको आकर्षण



काठमाडौं । विद्युतीय स्कुटी चलाउँदा लाइसेन्स वा ब्लूूबुकको आवश्यक पर्ने गर्दैन । तर, भृकुटीमण्डपमा जारी नाडा अटो शोमा राखिएको बिद्युतीय स्मार्ट स्कुटीका लागि भने लाइसेन्सपनि चाहिन्छ र वर्षेनि ब्लुबुकपनि नबीकरण गर्नु पर्छ ।

न्यू नेपाल प्रालिले भित्राएको यो स्केटी किनेपछि वार्षिक १ सय ५० ब्लुबुक रिन्यूको लागि मात्र खर्च हुने त्यो बाहेक केही खर्च नहुने सेल्स एक्जुकेटिभ मनिसराज ढुङ्गेलको भनाई छ ।

स्मार्ट जमानामा चल्ने स्मार्ट मानिसहरुका लागि अब मोबाइल मात्र हैन स्मार्ट सकुटीको पनि आवश्यक पर्ने परेको भनाई छ । ‘हामी स्मार्ट मोबाइल चलाउछौँँ भने अब स्मार्ट स्कुटी किन नचलाउने ?,’ ढुङ्गेलले भने ।

सो स्कुटीलाई विश्वको सबैभन्दा स्मार्ट विद्युतीय स्कुटीको उपमा नाम दिइएको छ ।

के हुन्छ स्मार्ट स्कुटीमा ?

स्मार्ट भन्नुको कारण यसमा नेपाल टेलिकमको सिमकार्डपनि राखिएको छ । जसले तपाईँको स्कुटी हराए या चोरी भएमा जिपिएस ट्रेस गरेर सजिलै पत्ता लगाउन सकिन्छ ।

यस्तै यो सिमको मद्दतले कति किलो मिटरमा कति माइलेज गुडिरहेको छ समेत थाहा पाउन सकिने छ ।

यसमा अगाडि पछाडि डिसब्रेक रहेको छ, स्ट्याण्डमा सेन्सर राखिएको छ । १८.९ इन्टरको डिक्की रहेको छ । यो स्कुटीको चार्जर ल्यापटपको जस्तो रहेको र हलुका भएकोले जुन ठाउँमा लगेरपनि सजिलै चार्ज गर्न सकिने छ ।

यस स्कुटीमा लिथियम आयनको जर्मनी ब्याट्री रहेको छ । जर्मनमा बनेको लिथियम आयन ब्याट्री फुल चार्ज हुन ५-६ घण्टा लाग्नेछ । फुल चार्ज भएपछि ६० देखि ८० किलो मटिरसम्म गुडाउन सकिने छ ।

यसमा ३ वटा मोडहरु रहेका छन् । पहिलो इको मोड, दोस्रो सिटी मोड र तेस्रो स्पोर्टस मोड । इको मोडमा गुडाउँदा ८० किलो मिटरको माइलेज दिन्छ । सिटी मोडमा चलाउँदा ७० किलो मिटरको माइलेज र स्पोर्टस मोडमा गुडाउँदा ६० किलो मिटरको माइलेजमा कुद्ने छ ।

तपाईँको स्कुटीको ब्याट्री सकियो भनेपनि उनो कार्डसबाट चार्ज गर्न सकिने छ । यसको ब्याट्री काठमाडौंको ७ सय ठाउँमा सजिलै रिचार्ज गर्न सकिने उनले बताए ।

ब्याट्रीको लाईफ ५ देखि ७ वर्ष रहेको छ । एक पटकको खर्चपछि केही खर्च गर्नु नपर्ने कम्पनीको दाबी छ ।

कति पर्छ मूल्य ?

एम सिरिज सिंगल सिटर भएकोले यसको मूल्य २ लाख २९ हजार रहेको छ । एन सिरिज डबल सिट स्कुटीको मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

यसमा नयाँ भनेको साइडलाइट सेन्सरहरु रहेको छ । ब्रुज सिस्टम छ । यो उकालोमापनि गुड्ने भएकोले यसको लागि लाइसेन्स लिनु पर्ने भएको हो ।

चीनमा बनेको यो स्कुटी ५ हजार रुपैयाँदेखि २५ हजार रुपयाँसम्मको छुटको व्यवस्था गरिएको छ । यस्तै स्कुटीमा ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्परकोपनि व्यवस्था गरिएको छ ।

नाडा अटो शोमा बुक गर्ने व्यक्तिले २ वटासम्म कुपन पाउने र उक्त व्यक्तिले क्यास प्राइजसँगै गिफ्ट ह्यामपरसमेत पाउन सक्नेछन् । यस्तै, अर्को बम्पर उपहारकोपनि व्यवस्था गरिएको छ । बम्पर उपहारमा एउटा विद्युतीय स्कुटर राखिएको हो ।

अटो लोनको व्यवस्था के छ ?

न्यू नेपाल प्रालि १ वर्षमा ४ शोरुमबाट १५० स्कुटी बिक्री वितरण गरेको छ । यो पहिलो २ पाङ्ग्रे गाडी हो, जुन ३ ओटा कर्मसियल बैंकसँग कोल्याब्रेट भएको छ । सो कम्पनीले नबील बैंक, सेन्चुरी बैैंक र हिमालयन बैंकसँग कोल्याब्रेट गरेको हो ।

स्कुटी किन्न इच्छुक व्यक्तिले सेन्चुरी बैंकमा २९ हजार ८ सय ८० रुपैयाँ ब्याज तिर्नुपर्ने छ । यसमा डाउन पेमेन्ट नतिरी लिन सकिने व्यवस्था छ । मासिक १३ हजार ८ सय ३३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै, हिमालयन बैंकबाट किस्तामा स्कुटी लिन इच्छुक व्यक्तिले ६ महिना अगाडि खाता खोलेको हुनु पर्नेछ । पहिले ७४ हजार ७ सय तिर्नु पर्ने हुन्छ, १२ प्रतिशत ब्याज रहेको छ । ८ हजार ३ सय ५ रुपैयाँ प्रत्यक महिना तिर्नु पर्नेछ ।

नबिल बैंकमा शुरुमा ७२ देखि ७३ हजार रुपैयाँ डाउन पेमेन्ट तिर्नुपर्ने हुन्छ र प्रत्येक वर्ष ११ हजार १ सय ११ रुपैयाँ तिर्नु पर्ने व्यवस्था रहेको छ । १८ महिनासम्म किस्ता तिर्न पाइने सुबिधा रहेको छ ।

न्यू नेपालले आफ्ना विभिन्न शोरुमहरुबाट १ सय ५० भन्दा बढी स्कुटी बिक्री गरेको छ । न्यू नेपाल प्रालिले चाँडै पोखरा लगायत १० वटा ठाउँमा नयाँ शोरुम खोल्ने भएको छ ।


क्लिकमान्डु