सेन्ट्रल फाइनान्सले शिलबन्दी बोलपत्रद्वारा सेयर बिक्री गर्ने
काठमाडौं । सेन्ट्रल फाइनान्सले नबिकेको सेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । शिलबन्दी बोलपत्र आगामी असोज ४ गतेदेखी १२ गतेसम्म पेश गर्न सकिन्छ ।
फाइनान्सले गत वर्ष पुुस २३ गतेदेखी फागुन १३ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । सोही आवेदन माग गरेको बेलामा संस्थापक समूहतर्फका ९ लाख ८१ हजार ७ सय ८ दशमलव ७ सय २५ कित्तालाई आवेदन परेन ।
यसरी आवेदन नपरेपछि गोप्य शिलबन्दी बोलकबोल बढाबढ गरी साविकको संस्थापक सेयर धनीमा बिक्री गर्दा सो मध्ये ४ लाख ५६ हजार ३ सय ८ दशमलव ७ सय २५ कित्तालाई दरखास्त नै प्राप्त भएन ।
दरखास्त प्राप्त नभएपछि सो सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ती, कम्पनी, संघ, संस्थाले आगामी असोज १२ गतेसम्म सो सेयर कति कित्ता कुन दरमा किन्ने कबुल गर्न पाइने भएको हो ।
कबुल गर्न पाइने निर्णय निष्काशनकर्ता कम्पनीको संचालक समितिले गरेको हो ।
साथै, बोलपत्र आवेदन फारम काठमाडौं उपत्यका भित्र तथा बाहिरबाट पाउन र बुझाउन सकिनेछ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा लाल दरबार काठमाडौं, लगनखेल ललितपुर , चिप्लेढुङ्गा पोखरा , ट्राफिक चोक बुटबल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा आवेदन बुझाउन सकिनेछ ।
यसरी नै कुपण्डोल ललिपुरमा रहेको सेन्ट्रल फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालयबाटपनि आवेदन पाउन तथा बुझाउन सकिनेछ ।
यसरी नै नेपाल इन्भेष्टमेन्ट बैकको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी मार्फतपनि बोलपत्र आवेदन फारम पाउन र बुझाउन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।