नेप्सेमा राधीको बोनस सेयर सूचिकृत




काठमाडौं । राधी विद्युत कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको मंगलबार मात्रै ४ लाख १० हजार ४० कित्ता बोनश सेयर सूचिकृत भएको हो ।

सो कम्पनीको नेप्सेमा जम्मा सूचिकृत सेयर भने ४५ लाख १० हजार कित्ता रहेको छ । साथै, बजारपूँजीकरण १ अर्ब ५७ लाख ३० हजार रुपैयाँ रहेको छ । यसरी नै सेयरको बजार भाउ हाल २ सय २३ रुपैयाँ कायम रहेको छ ।


क्लिकमान्डु