चितवन र रुपन्देहीमा महालक्ष्मीको नयाँ शाखा
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं १, मा टाँडी शाखा तथा रुपन्देही जिल्ला, गैडहवा गाउँपालिका वडा नं ६, मा सूर्यपुरा शाखा सञ्चालनमा ल्याएको छ ।
टाँडी शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका थिए भने सूर्यपुरा शाखाको उद्घाटन गैडहवा गाउँपालिकका प्रमुख बेच्छु केवटले गरेका थिए । कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।
बैँकको टाँडी शाखाका शाखा प्रबन्धक श्यामबाबु तिमल्सिना र सूर्यपुरा शाखाका शाखा प्रबन्धक गोपाल कँडेलले शाखा उद्घाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका थिए ।