कालीका पावरको आइपीओ भदौ २८ बाट खुल्ने



काठमाडौं । कालीका पावर कम्पनीले यही भदौ २८ गतेदेखि साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै आइपीओ बिक्री खुला गर्ने जनाएको हो ।

भदौ २८ गतेदेखि छिटोमा असोज १ गतेसम्म र ढिलोमा २८ गतेसम्म साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको जनाइएको छ ।

कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई गत माघ २१ देखि ६ लाख कित्ता साधारण सेयर(आइपीओ) बिक्री गरिसकेको छ । गोरखा जिल्लामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

कालीका पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता साधारण सेयर(आइपीओ) बिक्री गर्न लागेको छ । यसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ ।

न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आइपीओ भर्न सकिने छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाटपनि आवेदन दिन सकेन बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु