बिम्स्टेक शिखर सम्मेलनको उद्घाटन हुँदै, यस्ता छन् एजेण्डा



काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीको प्रयास प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजै काठमाडौँ आएका छन् । यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ,आजै काठमाडौँ आएकी छिन् ।

यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाल शिरिसेनालगायतका सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुख काठमाडौँ आइपुगेका छन् । सम्मेलनको उद्घाटन आज अपरान्ह तीन बजे होटल सोल्टीमा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीलाई २५ मिनेट र अन्य सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई १५/१५ मिनेट समय दिइएको छ ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

बिम्स्टेकको मन्त्रीस्तरीय बैठकले चौथो सम्मेलनका लागि विभिन्न १६ एजेन्डा तय गरिएको भएपनि प्रसारण प्रणाली निर्माण सम्बन्धी बहुपक्षीय सम्झौतामा मात्रै हस्ताक्षर हुने देखिएको छ ।

बहुपक्षीय छलफलहरुमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलकाअनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन ग्रिड इन्टरकनेक्सन्स सम्न्धी सम्झदारीपत्रमा गरिने  हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा कामका रुपमा लिइएको छ ।

बढ्ता तामझाम भएपनि यस शिखर सम्मेलनले दक्षिण एसिया र दक्षिण पूर्वी एशियामा खासै प्रभाव पार्न नस्क्ने विश्लेषण गरिएको छ ।

एजेण्डाका हिसाबले महत्वपूर्ण रहेको प्रचार गरिएपनि उपलब्धीका हिसाबले बिम्स्टेक सम्मेलनले दूरगामी प्रभाव पार्ला भन्नेमा धेरै सहमत छैनन् ।


क्लिकमान्डु