३.९२ अंकले घट्यो नेप्से, २७ करोडको कारोबार



काठमाडौं । यो साताका पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उकालो लाग्न सकेन । साताको साताको अन्तिम तथा पाचौं दिन आज बिहिबार नेप्से परिसूचक परिसूचक ३.९२ अंकले घटेको छ । ०.३३ प्रतिशतले घटदा परिसूचक ११७८.५० बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १५९ कम्पनीले कारोबार गरे । १० लाख २० हजार ५ सय ९५ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ८ हजार २ सय ६६ रुपैंयाको कारोबार भएको छ ।

नेप्सेका २ सूचक हरियो छन् । विकास बैंक ०.१८ र अन्य ५.०७ अंकले बढेका हुन् ।
त्यसैगरी बैंक ३.५३, होटल २.३६, जलविद्युत १४.६२, वित्तीय ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादनमूलक समूह ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ अंकले घटेका छन् ।

एनआइबिएल समृद्धी फण्डका लगानीकर्ताले ६.०९ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले ३.९४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु