क्षमता बिस्तार गर्दै मनकामना केबलकार, ३ वटा डब्बा थपिंदै



काठमाडौं, नेपालकै पहिलो केबलकार कम्पनीमनकामनादर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो ।

‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिकथप एक हजार यात्रुलाई सेवादिन सकिन्छ ।’

२० वर्षअघि सन् १९९८ मा सेवा सुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसारपसार गरिरहेको छ । यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ ।

क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् । हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिकयात्रु क्षमताचार हजार आठ सय छ । डब्बा थप गरेपछि दैनिक पाँचहजार आठ सय यात्रुलाई सेवादिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

चितवन को–ई समूहअन्तर्गतको मनकामनादर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवादिँदै आएको छ । क्षमताविस्तारपछि १३ देखि १४ लाखयात्रुलाई सेवादिन सकिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु