चिलिमे हाइड्रोपावर कम्पनीले कमायो ९३ करोड ८७ लाख नाफा



काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्षमा ९३ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो आर्थिक बर्षमा खुद नाफा ९३ करोड ७१ लाख रुपैंया रहेको थियो । यसरी १६ लाख ७१ हजार रुपैंयाले चिलिमेले नाफा बढाएको हो ।

यसरी गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री गरी १ अर्ब १३ करोड आम्दानी गरेको र अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैंया आम्दानी गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा कस्ट अफ सेल्स ११ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको अन्य आम्दानी ३५ लाख ६४ हजार रुपैया रहेको छ । यस्तै, डिप्रिसियसन स्वरुप कम्पनीले ६ करोड ८३ लाख रुपैयाँ खर्चेको छ । प्रशासनिक खर्च भने ४ करोड ६२ लाख भएको कम्पनीको सार्वजनिक गरेको तथ्याङमा उल्लेख छ ।

गत आर्थिक वर्षमा अप्रेटिङ प्रोफिट ९० करोड ७६ लाख रहेको कम्पनीको अघिल्लो आर्थिक बर्षमा भने ९२ करोड ५८ लाख रुपैयाँ कायम थियो ।

ब्याज आम्दानीबाट कम्पनीले गएको आर्थिक वर्षमा ६ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको ब्याज आम्दानी ३ करोड ९३ लाख रुपैंया रहेको थियो । यसरी व्याजबाट कमाई गरेका कारण जलविद्युत कम्पनी नाफामा गएको हो ।

सेयर पूँजी ३ अर्ब ९६ करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी २३.६८ रुपैंया रहेको छ । तरलता अनुपात भने ६.१५ रहेको छ ।


क्लिकमान्डु