नोटमा केरमेट गरे तीन महिना जेल



काठमाडौं । नोटमा केरमेट गरेमा अबदेखि ३ महिना जेल सजाय हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै नोटमा केरमेट गरेमा ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ ।

मुलुकी अपराध(संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार नोट वा सिक्का जलाउने,केरमेट गर्ने,नष्ट गर्न खोज्नेलाई कसुर कायम हुने र त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ ।

राष्ट्र बैंकले विगतमा पनि नोटमा केरमेट नगर्न आग्रह गर्दै आएको थियो । विगतमा पनि कानूनी सजाय हुने व्यवस्था थियो ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै नोटमा केरमेट गर्न,स्टिच लगाउन रोक लगाएको छ । यसो गरेमा ३ महिना जेल तथा ५ हजार रुपैयाँ जरिवाना हुने छ ।


क्लिकमान्डु