सरकार र डा केसीबीच सहमति, २७ दिनपछि डा केसीले अनशन तोडे
काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीले २७ दिनमा अनशन तोडेका छन् ।
सरकारसँग सहमति भएपछि डा केसीले अनशन तोडेका हुन् ।
डा केसीलाई नेकपाका नेता सुभाषचन्द्र नेम्वाङ र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जुश खुवाएर अनशन तोडाएका हुन् ।