आइपुग्यो नेपाल एयरलाइन्सको दोस्रो वाइडबडी



काठमाडौं । राष्ट्रिय धवाजबाहक नेपाल एयरलाइन्सले खरिद गरेको दोस्रो ए ३३०–२०० सिरिजको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ ।

फान्सको तुलुज शहरबाट करिब ९ घण्टाको उडान पनि जहाज नेपाल आइपुगेको हो । जहाज बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नाइएन–एएलजेट कलसाइन रहेको जहाजमा २७४ सीट छन् । जसमा १८ वटा विजनेश र २५६ वटा इकोनोमिक क्लासका सिट छन् । लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस क्लास, २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन् ।

जहाज खरिदमा नेवानिले १० करोड ४८ लाख अमेरिकी डल खर्च गरेको छ । यस अघि नेवानिको पहिलो वाइडबडी असार १४ गते आइपुगेको थियो । पहिलो वाइडबडीको परीक्षण उडान समेत भइसकेका छ । परीक्षण उडान गरेको वाइडबडी जहाजले पनि साउन १६ गतेबाट व्यवसायी उडान गर्ने छ । वाइडबडी जहाजको पहिलो उडान कतारको दोहामा हुने भएको छ ।

निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो ।


पुष्प दुलाल