स्मार्टडोकोको “डोको झमझम अफर”



काठमाण्डौ । मनसुनको आगमनसंगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित“डोको झमझम अफर” ल्याएको छ । जुलाई १६ देखि २६ सम्म यो अफर जारी रहने बताइएको छ ।

यो अफरले बर्षायाममा अत्यावश्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा छुट दिदैछ । मनसुनको अफरसंगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठूला ब्राण्डका सामानहरुमा छुट दिने बुझिएको छ ।

स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्ने दिउसोको १ बजे भन्दा अगाडि अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिने स्मार्टडोकोले जनाएको छ ।


क्लिकमान्डु