क्यासलेस ट्रान्जेक्शन किन बढ्दै छ दुनियाँमा ?
विश्वभरका देशले क्यासलेस ट्रान्जेक्शनलाई बढवा दिइरहेका छन् । यो दशकको अन्त्यसम्ममा विश्वभरमा क्याशलेस ट्रान्जेक्शन ७ सय २६ अर्ब पुग्ने अनुमान गरिएको छ । यो संख्या सन् २०१५ को भन्दा १०.९ प्रतिशतले धेरै हो ।
बेलातयमा सन् २०१६ को तुलनामा २०१७ मा नगद कारोबारमा १५ प्रतिशतले गिरावट आएको थियो । बेलायतमा सन् २०१७ मा १३.३ अर्ब मात्रै नगदमा कारोबर गरिएको थियो । बेलायतमा ४० प्रतिशत ट्रान्जेक्शन मात्रै नगदमा हुने गर्छ ।
जापानमा सन् २०१७ मा नगद कारोबारमा ८.५ प्रतिशतले गिरावट आएको थियो । यता, चीनमा पनि मोबाइल पेमेन्टमा २० प्रतिशतले बढेको थियो ।
कार्ड, मोबाईल र अनलाईन पेमेन्टमा बृद्धी भएपछि पसलमा नगद राख्ने प्रचलनमा पनि कमी आएको छ ।
स्वीडेनमा गत वर्ष त्यहाँ भएको कूल कारोबारमा २ प्रतिशत मात्रै नगद प्रयोग भएको थियो । स्विडेनको २० प्रतिशत जनसंख्याले त वर्षभरी एकपटकपनि नगद प्रयोग नगरेको बताईन्छ ।
सन् १९९० को दशकमा स्वीडेनमा वार्षिक १ सय बैंकमा डकैतीका घटना हुने गर्थे ।
क्यासलेस हुनुका फाइदा
कर छली कम हुन्छ ।
नक्कली नोटको समस्या समाधान हुन्छ ।
बैंकसँग लगानीका लागि पर्याप्त पुँजी हुन्छ ।
अपराध र आतङ्कवादमा नियन्त्रण ।
इ–कमर्सको विकास ।
बैंकिङ र कर प्रणाली आधुनिक हुन्छ ।
क्यासलेस हुनुका बेफाईदा
प्रविधिका सीमा हुन्छन् र तीनमा मानिसको निर्भरता धेरै हुन्छ ।
अशिक्षित मानिसलाई कठिन हुन्छ ।
सुविधा र आधरभूत संरचनाको कमी ।
शक्तिशाली बैंक र वित्तीय संस्थाको मानोपोलीको भय ।
वित्तीय प्रणालीमा आवश्यकता भन्दा धेरै निगरानी ।
साईबर क्राईमको खतरा ।