नेप्से परिसूचक ४.६२ अङ्कले बढ्यो, १७ करोड कारोबार
काठमाडौं । साताको चौंथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्दि भएको छ । विगत केहि दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज ४.६२ अङ्कले बढेको हो । ०.३९ प्रतिशतले बढ्दा नेप्से ११९९.४२ बिन्दुमा पुगेको हो ।
आज १५७ कम्पनीले कारोबार गरेका छन् । ५ लाख ८३ हजार ७ सय ३२ कित्ता सेयर किनबेच हुँदा १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैंयाको कारोबार भएको छ ।
बैंक ५.७५, होटल २०.६७, विकास बैंक ११.९४, वित्तीय ०.२१, अन्य ४.१८ र माईक्रोफाइनान्स ४.४४ अङ्कले बढेका छन् । यस्तै, जलविद्युत्त ४.४७, बीमा समूह ४.५८ र उत्पादनमूलक १९.८८ अङ्कले घटेका छन् ।
नेपाल कम्युनिटी डेभलपमेण्ट विकास बैंकका लगानीकर्ताले ५.३१ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । राइर्याङ हाइड्रो पावर डेभलेपमेण्ट कम्पनीका लगानीकर्ताले ९.७६ प्रतिशतले सबैभन्दा धेरै घाटा बेहोरेका छन् ।