जनता बैंकद्वारा अर्घाखाँचीमा स्वास्थ्य शिविर, ३ सय जनाको स्वास्थ्य परीक्षण



काठमाण्डौ । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्रामीण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका जनता बैंक नेपाल लिमिटेडले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका, दुर्गाफाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

यही असार ८ गते सम्पन्न गरिएको स्वास्थ्य शिविरको पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए । बैंकका संचालक लङ्कबहादुर केसीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामीण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पु¥याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ मार्फत ग्रामीण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । उक्त शिविरबाट आङ खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग बिज्ञप्ति प्रकाशित गरी जनाएको छ ।


क्लिकमान्डु