असार १४ गते ८ः२० मा निगमको वाइडबडी जहाज काठमाडौं आइपुग्ने



काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाइडबडी (३३०-२२०) सिरिज पहिलो जहाजको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आइपुग्ने भएको छ ।

नेवानिले जहाज ल्यान्ड गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग असार १४ गते विहान ८ः२० को समय मागेको छ ।

नेपाल आउने लागेको जहाज पूर्णरुपमा तयार भइसकेको छ । जहालले अहिले फ्रान्सको टुलुस शहरमा परीक्षण उडान गरिरहेको छ ।

नेपालको हवाई इतिहासमा पहिलोपटक दुई सय ८० सिट क्षमताको जहाजले आउन लागेको हो । दोस्रो जहाज भने पहिलो जहाज आएको एक महिना पछि आउने छ । जहाज काठमाडौं आएको उक महिनामा सबै प्रक्रिया पुरा गरेर व्यवसायी उडान सुरु गर्ने भएको हो ।

नेवानिले पहिलो उडान भने दुबई गर्ने भएको छ ।

‘नेवानिले वाइडबडी उडानका लागि समय तालिकासहित पत्र पठाएको थियो,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘स्लट (उडान तालिका) कमिटिको बैठकले पनि यसमा सहमति दिएको छ ।’

नेवानिले पहिलो वाइबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ः१५ बजे उड्ने र फेरि बेलुका ७ः१० मा अवतरण गर्ने गरी उडान समय माग गरेको छ । नेवानि अहिले दुई वटा एयरबस र एउटा बोइङमार्फत अन्तर्राष्ट्रिय उडान तर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ ।

नेवानिले करिब २२ अर्ब रपैयाँमा दुई वटा वाइडबडी जहाज खरिद गर्न लागेको हो ।


पुष्प दुलाल