हिसांका कारण भारतको अर्थत्रन्त्रमा ठूलो नोक्सानी
नयाँ दिल्ली । सन् २०१७ मा भारतीय अर्थव्यवस्थाको क्रयशत्ति क्षमता(पीपीपी) मा ८० लाख करोड भारतीय रुपैयाँ नोक्सान भएको बताईएको छ । रिर्पोट अनुसार सन् २०१७ मा एक जना भारतीय नागरिकले ४० हजार रुपैयाँभन्दा धेरैको नोक्सान व्योहोर्नुपरेको बताईएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार सन् २०१७ मा भारतले कुल ग्राहस्थ उत्पादनको ९ प्रतिशत हिस्सा बराबरको रकम भातरमा भएका विभिन्न आन्दोलन र हिंसाका कारण नोक्सान भएको छ ।
विश्वभरका १ सय ६३ देशमा गरिएको अध्ययन अनुसार विश्वभर सन् २०१६ देखि २०१७ को अवधिमा १४,७६० अर्ब अमेरीकी डलर रकम बराबरको नोक्सान भएको छ । विश्व अर्थतन्त्रमा अशान्ती र हिंसाको प्रभावमा २.१ प्रतिशतले बृद्धि समेत भएको रिर्पोटले देखाएको छ ।
रिर्पोटका अनुसार गएका सात दशकमा हिंसा फैलिएका देशको अर्थव्यवस्थामा पनि केही स्थिरता देखिएको छ । हिसां फैलिएका मुलुकभन्दा स्थिर राजनीति भएका मुलुकको प्रति व्यत्ति कुल ग्राहस्थ उत्पादनमा तीन गुणा बृद्धि भएको छ ।