पेप्सिकोला, नेपालटार र बिराटनगरमा ज्योति विकास बैंकको एटीएम
काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरबाट संचालनमा ल्याएको छ ।
हालै मात्र बैंकल एससीटीे कार्ड प्रतिस्थापन गरि भिजा डेबिट कार्ड प्रयोगमा ल्याएको हो ।
बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा ब्द्यद्यक् सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५४ शाखा र १७ एटीएमबाट सेवा उपलव्ध गराउँदै आएको छ ।
यसै आर्थिक वर्षभित्र बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटीएम संचालनमा ल्याउने जनाएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट १५ अर्ब २० करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणीलाई १४ अर्व ३० करोड रुपैयाँ ऋण दिएको छ ।