कामना सेवाको तुल्सीपुर शाखा संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंकले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ५१ औ शाखा संचालनमा ल्याएको छ ।
शुभारम्भ समारोहको अध्यक्षता बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचनले गरे । कार्यक्रमको प्रमुख आतित्यथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गरे ।
विशेष गरी पहाडी जिल्ला सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र जाजरकोटको ब्यापारीक केन्द्रको रुपमा विकसित भएको तुल्सीपुरमा आर्थिेक विकास र ब्यवशायिक उद्यमसिलता विकासमा बैंकले भुमिका खेल्न सक्ने अपेक्षा सहित शाखा स्थापना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले वताए ।
प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बैंकहरुले आफ्नो सेवामा विविधीकरण गरेर अगाडी बढनुपर्ने साथै बैंकसंग आवश्यक सहकार्य गरेर अगाडि बढन नगरपालिका तयार रहेको बताउदै यस क्षेत्रका आर्थिक तथा सामाजिक विकासमा बैंकको उपस्थिती कोसेढुङ्गा सावित हुन सकोस भन्दै शुभकामना ब्यक्त गरे ।
अधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ । बैंकले हाल सम्म करिब १४ अर्व ३५ करोड निक्षेप संकलन गरी करिब १३ अर्व ३३ करोड कर्जा लगानी गरिसकेको छ भने चैत्र मसान्त सम्म करिब ३६ करोड संचालन मुनाफा आर्जन गरेको छ ।
कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन २१५ भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको र करिब १ करोड २१ लाख निक्षेप संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए ।