सिभिल बैंकले दिने भयो १०.२५ प्रतिशत बोनस सेयर
काठमाडौं । सिभिल बैंकले लगानीकर्तालाई १०.२५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको संचालक समितिले १०.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
हकप्रद सेयर बिक्रीपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँमा बैंकले बोनस सेयर दिन लागेको हो ।
बैंकले कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश समेत दिने छ । बोनस सेयरपछि बल्ल बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने छ ।