सेयर कारोबार ठप्प



काठमाडौं । हकप्रद र बोनस सेयरमा लाभकर लगाउने निर्णयको विरोधमा सेयर कारोबार ठप्प भएको छ ।

मंगलबार कुनैपनि सेयरको खरिद र बिक्री अर्डर छैन । एककित्तापनि सेयर कारोबार भएको छैन ।

सेयर लगानीकर्ताहरु सेयर कारोबार रोक्नका लागि हरेक ब्रोक्रर कार्यालयमा धर्नामा बसेका छन् ।

नेपालमा सेयर लगानीकर्ताले सेयर कारोबारलाई ठप्प बनाएको इतिहास भने छैन ।


क्लिकमान्डु