हकप्रद र बोनस सेयरमा देखिएको कर विवादलाई मिलाउने छौ : अर्थमन्त्री खतिवडा



अर्थमन्त्री डा युवराज खतिवडाले हकप्रद र बोनस सेयरमा देखिएको विवादलाई हल गर्ने बताएका छन् ।

कान्तिपुर टेलिभिजनमा भुषण दाहालको कार्यक्रम फायर साइडमा कुरा गर्दै अर्थमन्त्री खतिवडाले पुँजीगत लाभकरमा देखिएको अन्यौल हटाउने बताए ।

‘बजारमा हकप्रद र बोनसको राइट भ्यालुमा लिने लाभकरको विषयमा केही अन्यौल देखिएको छ,हामीले यसलाई मिलाउन आजदेखि नै पहल गरेका छौ’खतिवडाले दाहालको कार्यक्रम फायरसाइडमा भने ।

उनले आफुले सेयर बजारलाई अनुत्पादक नभनेको र अर्थमन्त्रीको भनाईलाई आधार बनाएर सेयर बजारमा चलखेल गर्नेहरुले मात्र यस्तो आरोप लगाएको बताए ।

आफुले सेयर बजारलाई पुँजी बजारको रुपमा लिएको भन्दै अर्थमन्त्री खतिवडाले पुँजी बजारको विस्तारको लागि बजेटमा १ अर्बभन्दा बढीको कम्पनीलाई अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

उनले ब्रोक्ररको भ्याटको समस्या बजेटले हटाएको हटाएको र अहिले देखिएका अन्यौललाई पनि हटाउने बताए ।
अर्थमन्त्रीले सेयर बजार बढ्ने वा नबढ्ने विषयमा टिप्पणी गर्न नहुँने भन्दै आफ्नो सफलता नेप्से इन्डेक्समा आधार बनाएर नबनाउने प्रष्ट पारे ।

‘पुँजी संकलनका लागि कसैले १० करोडको सेयर जारी गर्दा बिक्री भएन भने मेरो चिन्ता हुने हो, १० करोडको सेयर जारी गर्दा १ अर्बको बिक्री हुँदा मेरो चिन्ता हुँदैन।’खतिवडाले भने ।

उनले सेयर बजार जोखिममा खेल्ने भएको भन्दै बैंकमा राखेको जस्तो निश्चित फाइदा नआउने र लगानीकर्ताले सधै आफुले किनेको सेयर मुल्य बढ्छ भन्ने मानसिकता त्याग्न सुझाव दिए ।

सेयर बजारमा बुझेर लगानी गर्न आउनुपर्ने र कम्पनी घाटामा गएपछि सेयर मुल्य घट्दा अर्थमन्त्रीलाई दोष दिन नहुँने बताए ।


क्लिकमान्डु