सरकारको कर असुल्ने नीतिले सेयर बजारमा भूकम्प, परिसूचक ३४ अंकले घट्यो



काठमाडौं । सरकारको कर असुल्ने नीतिले सेयर बजारमा भूकम्प गएको छ ।
नेप्सेमा कारोबार खुल्ने समयमा आन्तरिक राजस्व विभागको कार्यालयबाट बोनस र हकप्रद सेयरमा लाग्ने कर लिने सूचना सार्वजनिक भएको थियो ।

सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा बोनस र हकप्रद सेयरको लागत सेयर मुल्य गणना गर्दा अंकित मुल्यलाई आधार बनाएर लाभकर लगाउने पत्र पठाएको छ ।

कर कार्यालयको पत्रको असर सेयर बजारमा परेको छ । सामाजिक संजालमा लगानीकर्ताले कर कार्यालयको पत्रप्रति विरोध प्रकट गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज राताम्य देखिएको छ ।
नेप्से २.५८ प्रतिशतले घट्दा १,२७३.९५ बिन्दुमा झरेको छ ।

१ सय ५५ कम्पनीहरुका ९ लाख ९७ हजार ३ सय ३८ सेयर किक्ता किनबेच भएका हुन् । समग्रमा नेप्से ५४ अर्ब ६६ लाख रुपैयाँ बराबरको कारोबार भइको छ ।

आज उत्पादन मूलक समूह बाहेक सबै समूह घटेका हुन् । बैंककिङ समूह २६.४, होटल समूह ६१.४४, विकास बैंक ३०.८३, जलविद्युत समूह ३३.०९, वित्तिय ८.३९, बीमा २९०.८३, माइक्रोफाइनान्स ५५.०७ र अन्य समूह १७.७७ अंकले घटेका हुन् ।

उत्पादन मूलक समूह भने ३५.८८ अंकले बढेको छ । आज नेप्से बजारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले ३ करोड ७६ लाख ८ हजार रुपैयाँको टर्नओभर गरेको छ ।

यूनिलिभर नोलले आज ४.०४ प्रतिशतले धेरै कमाइ गरेको छ भने सबैभन्दा थोरै कमाई मेगा बैंकले गरेको हो । मेगा बैंकले ९.७० प्रतिशतले गुमाएको छ ।


क्लिकमान्डु