हालका राजमार्ग यसकारण तत्काल बन्न सक्दैनन् एक्सप्रेस हाइवे



काठमाडौं । विद्यमान राजमार्गहरु एक्सप्रेस हाइवे बनाउने सरकारी लक्ष्य तत्काल सम्भव नभएको प्राविधिकहरुको बताउँछन् ।

तर सरकारले बिनाअध्ययन हाल सञ्चालनमा रहेका राजमार्गलाई एक्सप्रेस हाइवे बनाउने भन्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ ।

नेपालका राजमार्गहरु स्थानीय राजमार्ग नै हुन् । त्यसको डिजाइन पूरानो र परम्परागत छ । एक्प्रेस हाइवेका लागि नयाँ डिजाइन तथा प्रविधिको जरुरी पर्दछ ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पनि नेपालका राजमार्गलाई एक्सप्रेस हाइवेमा रुरुपान्तरण गर्न नसकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले बताए ।

उनकाअनुसार एक्सप्रेस हाइवे हुनका लागि हाल सञ्चालनमा रहेका हाइवे वातावरणमैत्री छैनन् ।

एक्सप्रेस हाइवेका लागि गाँउ तथा बस्तीभन्दा बाहिर हुनु पर्छ । निश्चित स्थानमा मात्रै सवारी साधन रोकिनु पर्छ ।

एक्प्रेस हाइवेका लागि तारबार गरिएको हुनुपर्छ । किनकी सडकभन्दा बाहिर बाट कुनै पनि आवागमन गर्न नसकियोस् ।

यात्रु र सवारी चालकका लागि विश्रामस्थल आवश्यक पर्दछ । निश्चित दूरीमा सवारीको जाँच पड्ताल गर्ने स्थान जरुरी पर्दछ ।

यस्ता राजमार्गमा निश्चित रकम तिरेर सवारी चल्ने व्यवस्था गरिएको हुन्छ । तर हाम्रा राजमार्गहरु बस्तीकोबीचबाट निर्माण भएका छन् ।

राजमार्गमा स्थानीय सवारी साधनको घनत्व बढी छ । पैदलयात्रुले मनलाग्दी सडक पार गर्ने गर्छन ।

घरपालुवा जनावर समेत राजमार्गमा छाडा छाडिन्छन् । यी यस्ता कारणले गर्दा हाल सञ्चालित राजमार्ग एक्सप्रेस हाइवेमा रुपान्तरीत हुन सक्दैनन्, ती सहसचिवले भने ।

यी राजमार्गलाई एक्सप्रेस हाइवे बनाउने हो भने कम्तीमा पनि ८ लेनको बनाइनुपर्छ । त्यो पनि खर्चका कारण तत्काल असम्भव छ ।

८ लेनका लागि गर्नुपर्ने खर्चले नयाँ एक्सप्रेस हाइवे नै बनाउन सकिन्छ । तत्काल नै एक्सप्रेस हाइवे बनाउने हो भने ८ लेनको सडकलाई दुई लेनमा तारबार गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।


पुष्प दुलाल